काठमाडौं : अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट एमसीसीको विरोधमा विभिन्न आठवटा पार्टीले प्रदर्शन गरेका छन् । उक्त सम्झौता राष्ट्रघाती रहेको भन्दै उनीहरुले संसदबाट अनुमोदन नगर्न खबरदारी गरेका छन् ।
नेपाल कम्युनिस्ट पार्टी, नेकपा क्रान्तिकारी माओवादी, नेकपा, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, नेकपा माओवादी केन्द्र समाजवादी, देशभक्त जनगणतान्त्रिक मोर्चा र राष्ट्रिय जनमोर्चाले गरेको प्रदर्शनका सहभागीले एमसीसी सम्झौता अनुमोदन हुन नहुने आशयका विभिन्न प्लेकार्ड र ब्यानर बोकेका थिए ।
काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शनपछि कोणसभा आयोजना गरिएको छ । कोणसभामा यो विरोध कार्यक्रम आयोजना गर्ने राजनीतिक दलका नेताहरुले संबोधन गरेका छन् । ok
तपाइँको प्रतिक्रीया