काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सहन्यायाधिवक्ता सुरेन्द्रबहादुर थापाविरुद्ध गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
उच्च सरकारी वकिलको कार्यालय, पोखरामा हुँदा घुससहित रंगेहात पक्राउ परेका थापाविरुद्ध अख्तियारले ६१ लाख २ हजार रुपैयाँ गैरकानूनी रुपमा आर्जन गरेको आरोपसहित मुद्दा दायर गरेको हो ।
५ असार २०४५ मा सरकारी सेवामा प्रवेश गरेका थापाको गत वर्षसम्म एक करोड ७६ लाख रुपैयाँ मात्रै वैध आर्जन हुनेमा सम्पत्ति छानविन गर्दा दुई करोड ३७ लाख रुपैंया आर्जन गरेको भेटिएको अख्तियारको भनाइ छ ।
६१ लाख रुपैयाँको स्रोत नखुलेको भन्दै अख्तियारले थापामाथि मुद्दा चलाएको हो ।
तपाइँको प्रतिक्रीया