२०८१ भाद्र २८ शुक्रबार

पशुपतिनाथ मन्दिर भोलिदेखि खुला हुने

  • २०७८ माघ २७ बिहीबार

काठमाण्डाै : कोरोना भाइरसको तेस्रो लहरका कारण माघ पहिलो हप्तादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर भाेलि शुक्रवारदेखि खुला हुने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

कोषले जारी गरेको सूचनामा जिल्ला प्रशासन कार्यालय काठमाण्डौको माघ २३ गतेको आदेशअनुसार मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्चलगायतका स्थलमा जनस्वास्थ्य मापदण्ड पालना गरी एक पटकमा ५० जनाभन्दा बढी नहुने गरी पूजा, ध्यान वा प्रार्थना गर्न सकिने उल्लेख भएकाले मन्दिर खुला गर्न लागिएको हो । कोषले महाशिवरात्रिको तयारी गरेसँगै पशुपतिनाथ मन्दिर खुला गर्ने जनाएको थियो ।

कोषका सदस्य सचिव डा मिलनकुमार थापाले हिजाे जारी गर्नुभएको सूचनामा विश्व स्वास्थ्य सङ्गठन र नेपाल सरकारले ताेकेकाे स्वास्थ्य मापदण्ड पालना गरेर भाेलिदेखि मन्दिर खुला गर्न लागिएको उल्लेख छ ।