२०८१ असार ४ सोमबार

नेविसंघ महाधिवेशन गर्न दबाव, कांग्रेस पदाधिकारीलाई झण्डा

  • २०७८ माघ २७ बिहीबार

काठमाडौं : नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघमा आवद्ध विद्यार्थीहरुले महाधिवेशनको माग गर्न दबाव दिँदै पार्टी पदाधिकारीलाई झण्डा बुझाएका छन् ।

बिहीबार पार्टी कार्यालय सानेपामा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्नुअघि विद्यार्थीहरुले नेविसंघको महाधिवेशन गर्न दबाव दिँदै महामन्त्री विश्वप्रकाश शर्मालाई झण्डा बुझाएका हुन् ।

विद्यार्थीहरुले सडकमा लाम लागेर नेविसंघको झण्डा बनाई नेताहरुलाई बुझाएका थिए । कांग्रेसमा पाँच वर्षयता नेविसंघको महाधिवेशन हुन सकेको छैन ।