२०८१ असार ६ बुधबार

२४ घण्टामा १३ सय ६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

  • २०७८ माघ २७ बिहीबार

काठमाडौं : पछिल्लो २४ घण्टामा १३६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ८८० जनाको नमुना परीक्षण गर्दा १३६९ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा दुई हजार २३८ जना संक्रमणमुक्त भएका छन् भने १२ जनाको मृत्यु भएको छ ।