काठमाण्डौ : लोकसेवा आयोगले निजामती सेवा राजपत्र अनंकित प्रथम श्रेणीअन्तर्गत सिभिल सब–इन्जिनियरतर्फ विज्ञापन खुलाएको छ ।आयोगका विभिन्न कार्यालयहरुले उक्त पदका लागि १५७ जना सिभिल सब–इन्जिनियरहरु माग गरेको हो ।
जसमा काडमाठौं, पोखरा, बुटवल, जलेश्वर, दिपायल र धनकुटास्थीति कार्यालयहरुले १५७ इन्जिनियरहरु पदपूर्तिका लागि विज्ञापन खुलाएका हुन् ।
लोकसेवा आयोग काठमाडौंले सिभिल हाइवेदेखि सिभिल स्यानिटरीदेखि मेकानिकल र सर्भेसम्मका लागि विज्ञापन खुलाएको छ ।
आयोगको सूचनाअनुसार अन्य आयोगका कार्यालयहरुले पनि यिनै विधामा विज्ञापन खुलाएका छन् । यसैगरी आयोगले यस पटक प्राविधिकतर्फको पाठ्यक्रम पनि परिमार्जन गरेको छ ।
माघ २४ गतेको आयोगको निर्णयअनुसार प्रथम र द्धितिय पत्र कायम भएको छ । ‘जिके’ र ‘आईक्यु’सहित द्वितीय पत्र पनि आयोगले समावेश गरेको हो । सिभिल सब इन्जिनियरमा पहिलो पटक हो ।
यसअघिको लोकसेवा आयोगको परिक्षामा १०० नम्बरको प्रथम पत्र मात्र रहेको थियो । उक्त खुलाइएको विज्ञापनको आवेदन अनलाईन प्रणालीबाट समावेश गर्नुपर्ने र दरखास्त भने फागुन १७ गतेसम्म दिन सकिने आयोगले जनाएको छ ।
तपाइँको प्रतिक्रीया