२०८१ माघ ६ आइतबार

संसद्ले जेसुकै गरोस्, सभामुखले एमसीसी रोक्न पाउँदैनन् : ओली

  • २०७८ माघ २८ शुक्रबार

काठमाण्डौ :  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले निर्णय गरेर संसदमा पेस गर्न लागेको अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन ,एमसीसी, लाई सभामुखले रोक्न नपाउने बताउनुभएको छ ।

आज स्थानीय तहको चुनावबारे एमालेले आयोजना गरेको प्रशिक्षण र अभिमुखीकरण कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।

अघिल्लो सभामुख र अहिलेको सभामुख दुवैले अनधिकृत काम गरेको ओलीले बताउनुभयो । संसदले जेसुकै गरे पनि सभामुखले एमसीसी संसदमा पेस गर्नुपर्ने एमाले अध्यक्ष ओलीको भनाइ छ ।