२०८१ भाद्र २८ शुक्रबार

ईन्जिनियर ईन्द्र नारायण यादवको यात्रा : श्रमिकदेखि विद्यावारिधीसम्म

  • २०७८ माघ २८ शुक्रबार

रमन वन/काठमाण्डौं : ईन्जिनियर इन्द्र नारायण यादवले त्रिभुवन विश्व विद्यालय इन्जिनियरिङ संस्थानबाट पिएचडी उपाधी प्राप्त गरेका छन्।

सप्तरी जिल्ला साविकको लोहजारा गाविस वडा नम्बर – २ हाल तिरहुत गाउँपालिका स्थायी घर भएका इन्जिनियर यादवको जन्म २०३३ साल असोज ३ गते भएको हो । अहिले उनी ललितपुर महानगरपालिका २५ भैँसेपाटीमा बस्दै आएका छन्।

यादवको परिवारमा आमा विन्दादेवी यादव, श्रीमती विभाकुमारी यादव, एक छोरा इभांसु यादव,  र एक छोरी इसा यादव रहेका छन् ।

गरिब परिवारमा जन्मिएका उनको बाल्यकाल दुःखै, दुःखमा बित्यो ।

आर्थिक अवस्था कम्जोर भएकै कारण यादवले ऋण लिएर पढे । विद्यालयमा अरु साथीहरु नयाँ, नयाँ पोसाक लगाएर आउँने गर्थे तर उनी हापपेन्ट लगाएर नै करिब २ घण्टा टाढा रहेको स्कुल पैदल हिँडेर जान्थे ।

त्यतिबेला गाउँघरमा विध्युतको पहुँच पुगेको थिएन् । टुकी बत्तीकैे भर पर्नु भन्दा अन्य विकल्प थिएन् । उनले विभिन्न समस्यालाई झेल्दै भएपनि प्रथम श्रेणीमा जिल्ला फस्ट भएर पास गरे ।

जसपश्चात पैसा कमाउँने सिलसिलामा उनले पञ्जाप जाने विचार गरे । एसएलसी पास गरेको केही दिन मात्र भएको थियो उनी पञ्जाव हिँडे ।

पञ्जाव त पुगे तर त्यहाँ गएर पनि सजिलो काम र पैसा धेरै हुने काम भने पाउँन सकेनन् । गहुँ काट्ने काम पाएका थिए । केही समय काम गरेर उनी घर फर्किए।

धरानमा स्कलरसिपमा पढ्न सुरु गरे । त्यहाँ पढ्दा स्कलरवापतको मासिक ४ सय १५ पाउँथे । साथै उनले २०५३ सालमा आफ्नो गाउँ आफैं बनाऔं कार्यक्रममा सभ ओभरसियरको काम गरेर मासिक १ हजार कमाएका थिए ।

त्यो कमाइ उनको जिवनमा पहिलो कमाई थियो । त्यतिमात्र हैन् उनले टिउसन पढाएर १ सय १५ रुपैयाँ कमाउने र त्यही खर्चबाट डिप्लोमा इन इन्जिनियरिङ् पढेका हुन् । विद्यालय जिवनदेखि नै कक्षामा प्रथम भईरहने इन्जिनियर यादवले मावि डिमन (सप्तरी) बाट २०४९ सालमा SLC  प्रथम श्रेणीमा उतिर्ण गरेका थिए ।
जस पश्चात त्रिभुवन विश्वविद्यालयबाट छात्रावृतिमा Bachelor Degree in Civil Engineering, B.E. [2060] Master of Science in Structural Engineering, MSc (Pulchowk Campus, Pulchowk, Lalitpur, [2062 B.S.]  हुँदै Doctor of Philosophy in Civil Engineering (Pulchowk Campus, Pulchowk, Lalitpur, 2078 B.S.)  भई सिभिल इन्जिनियरिङमा सम्भवतः त्रिभुवन विश्व विद्यालयबाट मधेसी समुदायबाट प्रथम पिएचडी उपाधी प्राप्त गरी “Made in Nepal” भएका छन् ।पिएचडी Research को दौरानमा उनले प्रकाशित गरेका कृतिहरु विश्वको Top Research Scientist Journal, Science Citation Index (SCI) Journal मा समेत परेका छन् ।

समध्ये

[1]   Iranian Journal of SCIENCE AND TECHNOLOGY: Transactions of Civil Engineering. 

[2] Results in Engineering.

[3] Theoretical and Applied Fracture Mechanics.

[4]   Composite Part C: Open Access.

[5] Journal of Material Research and Technology (JMRT). मा प्रकाशित भएको  Research Paper  संसारमा Concrete, Composite Structure  बाट बन्ने र बनिसकेको Structure हरुको Damage पत्ता लगाई सो लाई निराकरण गर्न Re-strengthening  गर्नको लागि महत्वपूर्ण मानिन्छ।Cyclic repeated fatigue load  को कारणले ढलान तथा Composite बाट बनिसकेको Structure मा सुरु देखि नै Damage Initiation हुन्छ ।
Damage लाई उनले Reduction in Young’s Modulus of Elasticity (E Damage)  भनी त्यसको लागि  World लाई चाहिने Theoretical formula विकसित गरेका हुन् ।

सो formula, Asian Countries मा सबैभन्दा पहिलो Develop गरेको formula मानिन्छ।

Quantity of Damage पत्ता लगाएर Structure हरुको Rehabilitation, Re-strengthening गरेर बनिसकेको Structure हरुमध्ये

सब भन्दा महत्वपुर्ण मानिने RCC BridgeMultistory Buildings, Airplanes को Life time expand गर्न सकिन्छ र यसले विश्लाई अरबौँको क्षतिबाट बचाई Economy boost up गर्न सकिन्छ भनी उनको भनाई  छ ।healthउनको Research Paper हरु Indra Narayan Yadav google scholar मा पनि हेर्न सकिन्छ ।

त्रिभुवन विद्यालयको पुर्वाञ्चल इन्जिनियरिङ क्याम्पस धरान सुनसरीबाट २०५३ साल भदौ २० देखि सरकारी प्राध्यापन पेसामा लागि पुल्चोक क्याम्पस हुँदै हाल थापाथली इन्जिनियरिङ क्याम्पसका उप- प्रध्यापक रहेका इन्जिनियर यादवले ३ डिसेमबर २०२१ मा

Strain-Based Approach in Fatigue Damage Modeling of Brittle Materials-Application to Concrete and Woven Fabric Glass Composites” विषयमा पिएचडी उपाधी हासिल गरका हुन् ।

२०७२ सालको भुकम्पमा इन्जिनियर यादवले Design र  Construction Supervision गरेको त्रिभुवन विश्वविद्यालयको Education Department को नवनिर्मित भवन उहाँको Expertise उदाहरणीय कामबाट प्रशंसित रहेका छन् ।

यसबाहेकका त्रिबिको आर्युवेद भवनहरु, मध्य-पश्चिम विश्व विद्यालय, सुर्खेतको केन्द्रिय कार्यालय भवन, इन्जिनियरिङ क्याम्पस, Management Tutorial भवन,

सुदुपश्चिमाञ्चल विश्व विद्यालयको केन्द्रिय कार्यालय भवन, लमजुङ जिल्ला अस्पताल, HDCS-Team अस्पताल, Dadeldhura को २५० बेडको अस्पताल भवन, खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यालय बिराटनगरको नवनिर्मित भवन लगायतको १२० ओटा सरकारी भवनहरुका Structure Design तथा Construction Supervision गर्ने,

इन्जिनियर यादव नेपाल सरकार Department of Roads (DOR) को ६० ओटा RCC and Pre-Stressed Bridges, २० ओटा Suspension Bridges र ३०६० K.M. black top Road  को Design गरी राष्ट्रिय स्तरमा Technical सहयोग गरेको छ ।

उनि Construction Monitoring, Design, Planning and Supervision of Civil Structures मा अब्बल मानिन्छन् ।

विगत १५ वर्षदेखि Human Development and Community Services (HDCS)  र ५ वर्षदेखि नेपाल स्वास्थ्य अनुसन्धान परिषद [NHRC] मा Chief Technical Advisor  हुन् ।

यादव नेपाल इन्जिनियरिङ परिषदको सदस्य र नेपाल इन्जिनियर एसोसिएशनको आजिवन सदस्य समेत हुन् ।