२०८१ असार ६ बुधबार

कांग्रेसको १६ जिल्लाको अधिवेशन फागुन १३ मा हुने

  • २०७८ माघ २९ शनिवार

काठमाडौं : नेपाली कांग्रेसको बाँकी रहेका १६ जिल्लाको अधिवेशन फागुन १३ गते हुने भएको छ ।

नेपाली कांगेस केन्द्रीय कार्य सम्पादन समितिको शुक्रबार बसेको बैठकले बाँकी जिल्लाहरुको अधिवेशन फागुन १३ गते गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता डा। प्रकाशशरण महतले बताए ।

यसअघि १५ माघमा तय भएको जिल्ला अधिवेशन कोरोना महामारीका कारण स्थगित गरिएको थियो ।

कांग्रेसको सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, नवलपुर, बाँके, कैलाली र अछाम जिल्लाको अधिवेशन हुन बाँकी छ ।

अब बैठक आइतबार दिउँसो २ बजे बस्नेछ ।