२०८१ भाद्र २८ शुक्रबार

आज विश्व रेडियो दिवस

  • २०७८ फागुन १ आइतबार

काठमाण्डौ : आज विश्व रेडियो दिवस, रेडियो पत्रकारितामा भरोसा भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २०१२ देखि विश्व रेडियो दिवस मनाउन सुरु गरिएको हो ।

स्पेनको प्रस्तावमा युनेस्कोको ३६औँ सम्मेलनले सन् २०११ नोभेम्बर ३ तारिखमा हरेक वर्षको फेब्रुअरी १३ तारिखलाई रेडियो दिवसका रुपमा मनाउने घोषणा गरेको थियो । समाज विकास, परिवर्तन र रुपान्तरणमा रेडियोको भूमिका अत्यन्तै महत्त्वपूर्ण रहेको पाइन्छ । विशेषगरी विपद्का बेलामा रेडियोको भूमिका महत्त्वपूर्ण रहँदै आएको छ ।

समूहमा बसेर रेडियो सुन्ने प्रचलन २०६२/६३ सालको जनआन्दोलनसम्म कायम नै थियो ।

त्यसपछि समूहमा बसेर रेडियो सुन्ने घटे पनि २०७२ साल वैशाखमा भूकम्प गएका बेला रेडियो सूचनाका लागि सशक्त माध्यम बनेको थियो । धेरैले सूचना तथा जानकारी रेडियोबाट मात्रै पाउने गरेका थिए ।