काठमाण्डौं : सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन)ले स्नातकोत्तरको सिभिल इन्जिनियरिङ र वाटर रिसोर्सेज इन्जिनियरिङलाई नेपाल इन्जिनियरिङ सेवा, सिभिल समूह, हाइवे उपसमूहमा मान्यता दिन आग्रह गरेको छ ।
नेपाल राजपत्रमा सूचना समेत प्रकाशित भइसकेको र सरकारले सोही सम्बद्धता गर्ने निर्णय गरेकोले यी २ उपाधीलाई उपसमुहमा सहभागी गराउन आयोगसमक्ष सिडेनले माग गरेको हो ।
राजपत्र र द्धितिय श्रेणीका लागि खुला तर्फ सिभिल इन्जिनियरिङ विषयमा स्नातकोत्तर उपाधिलाई समेत शैक्षिक योग्यता तोकिएकोले बढुवा प्रयोजनका लागि समेत त्रिभूवन विश्वविद्यालयबाट एमएससी सिभिल इन्जिनियरिङ विषयलाई हाइवे उपसमुहमसँग सम्बद्धता निर्धारण गर्ने निर्णय २०६१ असोज २२ गते भएको थियो ।
सिडेनले आयोगका अधिकारीलाई बिहिवार भेटेर यी दुई विधालाई उक्त उपसमुहमा नराखिएको भन्दै ध्यानाकर्षण समेत गराएको छ । यस्तै सिडेनले बागमती प्रदेश आयोगबाट इन्जिनियरको विज्ञापनमा छैठौं तह हुनु कानुन विपरित भएको जनाएको छ ।
तपाइँको प्रतिक्रीया