२०८१ असार ४ सोमबार

भिरबाट लडेर दुई जनाको मृत्यु

  • २०७८ फागुन १ आइतबार

काठमाण्डौ : भिरबाट लडेर सोलुखुम्बुमा दुई जनाको मृत्यु भएको छ ।

जिल्लाको सोलुदूधकुण्ड नगरपालिका २ लम्बुचेका ६४ वर्षीय पासाङ लामा र सोताङ गाउँपालिका १ खोर्दाका २६ वर्षीय तेजबहादुर लामिछानेको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक कवित कट्वालले जानकारी दिए ।

उनका अनुसार लामाको लम्बुचे भिरबाट लडेर ज्यान गएको हो भने लामिछानेको सोताङ गाउँपालिका १ मा रहेको हुँगा दूधकोसी सामुदायिक वनको भिरबाट लडेर ज्यान गएको हो ।

गत बिहीवार छोराको घर जान्छु भनेर हिँडेका लामाको तीन दिनसम्म नपुगेको खबर पाएपछि खोजतलास गर्दा भिरबाट लडेर मृत्यु भएको अवस्थामा हिजो शव भेटिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।

यस्तै लामिछानेको सामुदायिक वनमा घाँस काट्न जाने क्रममा हिजो भिरबाट लडेर ज्यान गएको बताइएको छ।