२०८१ माघ ५ शनिवार

प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता

  • २०७८ फागुन १ आइतबार

काठमाण्डौंं : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएको छ । काँग्रेसको एक नेताले महाभियोग प्रस्ताव दर्ता भएको बताए ।

काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितका ९८ सांसदको हस्ताक्षर सहित प्रधानन्यायाधीशविरुद्ध आइतबार बिहान संसद सचिवालयमा महाभियोग प्रस्ताव दर्ता भएको हो ।

प्रधानन्यायाधीशले न्यायपालिकाको मर्यादामा आँच पुर्याएको, व्यक्तिगत स्वार्थमा लागिपरेको आरोप महाभियोग प्रस्तावमा जिकिर गरिएको छ ।