२०८१ असार २ शनिवार

सभामुख सापकोटाद्धारा सर्वदलीय बैठक आह्वान

  • २०७८ फागुन १ आइतबार

काठमाण्डौ : सभामुख अग्निप्रसाद सापकोटाले भोलि सोमवार दिउँसो २ बजेका लागि सर्वदलीय बैठक आह्वान गर्नुभएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता भएसँगै पछिल्ला राजनीतिक घटनाक्रमको विषयमा छलफलका लागि सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाउनुभएको उहाँका प्रेम विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए ।

प्रधानन्यायाधीश जबराविरुद्ध सत्तारुढ दलका सांसदहरूले आज बिहान १० बजे सिंहदरबारमा रहेको संसद् सचिवालयमा महाभियोगको प्रस्ताव दर्ता गराएका थिए ।

प्रस्तावमा प्रधानन्यायाधीश राणालाई कार्यक्षमता नभएको अभियोग लगाइएको छ ।