२०८१ असार ४ सोमबार

बाकाचोलका सन्तोसको उपचारमा आर्थिक अभाव, सहयोगको याचना

  • २०७८ फागुन २ सोमबार

काठमाण्डौं : खोटाङका एक बालकको उपचारमा आर्थिक अभाव भएपछि सहयोगको याचना गरिएको छ ।

ऐसेलुखर्क गाउँपालिका–२ बाकाचोलका १४ बर्षिय सन्तोस पुरिको उपचारको लागि परिवारले सहयोगको याचना गरेका हुन् ।

पुरीको बिगत ५ महिनायता काठमाडौको ट्रमा अस्पतालमा उपचार भइरहेको परिवारले जनाएको छ ।

अचानक कम्मर पछाडिको नसा च्यापियर एउटा खुट्टा नचलेपछि अस्पताल भर्ना गरिएको थियो ।

सामान्य उपचार संभव नभएपछि उनको खुट्टाको शल्यक्रिया गर्नु पर्ने भएकाले आर्थिक अवस्था कमजोर् भएका कारण सहयोगको अपिल गरिएको सन्तोसको दाई कुमार पुरीले बताए।

पुरीको वुबाआमाको यसअघिनै मृत्यु भइसकेकाले हाल उनलाई दाइले हेरचाह गर्दै आएका छन ।

उनको उपचारको लागि सहयोग गर्न चाहाने इच्छुक व्यक्तिहरुले बालकका दाई कुमार पुरिको नाममा रहेको काठमाडौ धापासीमा रहेको नबिल बैंकको खाता नं. ४७१००१७५०५४६४ मा रकम जम्मा गर्न सक्नुहुनेछ ।

साथै थप जानकारी लिनुपरेमा ९८६९६६७१९४ र ९८४३२९१९४३ मा सम्पर्क गर्न सकिने छ ।