२०८१ असार २ शनिवार

आयरल्यान्डले दियो नेपाललाई एक सय २८ रनको लक्ष्य

  • २०७८ फागुन २ सोमबार

काठमाण्डौ : चार देशीय टी(२० क्रिकेट शृङ्खला अन्तर्गत आयरल्यान्डले नेपाललाई एक सय २८ रनको लक्ष्य दिएको छ ।

अल अमिरातमा टस हारेर ब्याटिङगरेको आयरल्यान्डले निर्धारित ओभरमा सबै विकेट गुमाएर एक सय २७ रन बनायो । आयरल्यान्डका लागि जर्ज डोकरेलले २८, कर्टिस च्याम्परले २० र कप्तान एन्डी बलविरनेईले १९ रन बनाए ।

बलिङतर्फ नेपालका लागि दीपेन्द्रसिंहले ऐरीले चार विकेट लिए । दीपेन्द्रले ४ ओभरमा २१ रन दिएर ४ विकेट लिए । यस्तै अभिनाश बोहराले दुई विकेट लिँदा कमल ऐरी, जितेन्द्र मुखिया र कप्तान सन्दीप लामिछानेले समान एक–एक विकेट लिए ।

नेपाल, आयरल्यान्ड, ओमान र यूएईबीच टी–२० क्रिकेट शृङ्खला हुन लागेको हो । विश्व कप क्रिकेटको ग्लोबल छनोटअघि नेपालले शृङ्खला खेल्न लागेको हो ।

यो शृङ्खलालाई नेपालले अर्को हप्तादेखि ओमानमै सुरु हुने टी (२० विश्व कप छनोटको पूर्ण तयारीका रूपमा लिएको छ ।