२०८१ चैत ३ सोमबार

बेलायतको सहायता विना केही काम गर्दैनौं : बाइडेन

  • २०७८ फागुन ३ मङ्गलबार

काठमाण्डौं : युक्रेन तनावलाई लिएर अमेरिकी राष्ट्रपति जो बाइडेन र बेलायतका प्रधानमन्त्री बोरिस जोनसनबीच फोनवार्ता भएको छ ।

उनीहरुबीच युक्रेन सङ्कटको कुटनीतिक समाधानबारे केन्द्रित रहेर झण्डै ४० मिनेट कुराकानी भएको बीबीसीले जनाएको छ ।

रुसी सैन्य कारबाही हुनसक्ने बारम्बारको चेतावनीका बीच बाइडेन र जोनसनले सहमति अझै सम्भव रहेकोमा छलफल गरेका हुन् ।

बेलायतका प्रधानमन्त्रीले बाइडेनसँग सङ्कटमा सघाउन आफूले सबथोक गर्न तयार रहेको बताएका छन् । जवाफमा बाइडेनले पनि बेलायतको सहायता विना केही नगर्ने वाचा गरेको खबरमा उल्लेख छ ।