२०८१ असार ११ सोमबार

कांग्रेस संसदीय दलको बैठक सुरु

  • २०७८ फागुन ३ मङ्गलबार

काठमाडौं : नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव र एमसीसीका विषयमा छलफल गर्न कांग्रेस संसदीय दलको बैठक बसेको हो ।

नयाँबानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा जारी बैठकमा कांग्रेस संसदीय दलका नेता एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले सांसदहरुलाई पछिल्लो राजनीतिक अवस्थाको विषयमा जानकारी गराउँदै संसदमा खेल्ने भूमिकाबारे निर्देशन दिने नेपाली कांग्रेसले जनाएको छ ।