काठमाण्डौं : अमेरिकन सोसाइटी अफ नेपाली इन्जिनियर्सले नेपालका विभिन्न विश्वविद्यालयका इन्जिनियरिङ अनुसन्धानकर्ताहरूलाई करिब छ हजार डलर प्रदान गरेको छ ।
विभिन्न विधामा अध्ययन तथा अनुसन्धान गर्नका लागि संस्थाले ५ जनालाई उक्त अवार्ड तथा सम्मान गरेको छ ।
नेपाल इन्जिनियर्स एसोसिएसन र उक्त संस्थाले ती अवार्ड प्राप्तकर्ताहरुलाई मान्यता दिने र सो बराबरको रकम निकासा गर्ने सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । इन्जिनियरिङ अनुसन्धानकर्ताहरुलाई पुरस्कारको रकम सम्मान तथा वितरण पनि गरिएको छ ।
शोधकर्ताहरूले अनुसन्धानका विषयहरू पनि प्रस्तुत गरेका थिए । त्यसमध्ये काठमाडौं उपत्यकाको प्रस्तावित मेट्रो स्टेशनको वस्तुकला डिजाइनका लागि प्राध्यापक डा.सुधा श्रेष्ठ, बायोग्यास डाइजेस्टरमा तताउने प्रणाली लागू गरेर बायोग्यास प्लान्टको कार्यसम्पादन वृद्धिसम्बन्धमा ईन्जिनियर सौरभ प्रसाद सिंह छनोट भएका छन् ।
यस्तै, स्ट्रक्चरल इन्जिनियरिङतर्फडा. क्षितिज सी. श्रेष्ठ, सफ्टवेयर प्रयोग गरेर नेपाली बोली पहिचाहनको लाई एक प्रोटोटाइपको शोधअनुसन्धानका लागि डा. बसन्त जोशी र रमन सिलवालले कम लागत माथिल्लो लिम्बको विषयका लागि पुरस्कार पाएका छन् ।
उक्त विधामा अनुसन्धान गर्नका लागि जोशीबाहेक ४ जनाले प्रतिव्यक्ति १२ सय डलर पाएका छन् भने जोशीले १ हजार डलर रकमको अवार्ड पाएका छन् ।
तपाइँको प्रतिक्रीया