२०८१ भाद्र २४ सोमबार

जबरजस्ती करणीका फरार प्रतिवादी १० वर्षपछि पक्राउ

  • २०७८ फागुन ३ मङ्गलबार

काठमाण्डौं : उदयपुरमा जबरजस्ती करणीका फरार प्रतिवादी १० वर्षपछि पक्राउ परेका छन् ।

जिप्रका उदयपुरका प्रहरी नायब उपरीक्षक बेद प्रसाद गौतमका अनुसार जिल्ला अदालत उदयपुरले २०६८ असार ५ गते जबरजस्ती करणीको मुद्दामा पाँच वर्ष कैदको फैसला सुनाइएका त्रियुगा नगरपालिका १३ का ४२ वर्षीय सुवास राईलाई प्रहरी पक्राउ गरेको हो ।
उनलाई विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले भक्तपुरको सुर्याबिनायक क्षेत्रबाट पक्राउ गरेको हो ।

पक्राउ परेका राईलाई जिल्ला अदालतबाट कैद भुक्त्तान गर्न कारागार चलानका लागी पठाएको प्रहरीले बताएको छ ।