काठमाण्डौं : मोरङमा रहेको मनमोहन प्राविधिक विश्वविद्यालयमा चालू आर्थिक वर्षको वैशाख महिनादेखि स्कुल अफ ईन्जिनियरिङको पढाइ हुने भएको छ ।
स्नातक तहको बी ई इन सिभिल इञ्जिनियर, बी ई इन इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स ईन्जिनियरिङका लागि २४ , २४ विद्यार्थी भर्ना लिइने र यसका लागि मङ्गलबारदेखि नै आवेदन खोलिने भएको हो ।
प्राविधिक शिक्षालाई गुणस्तरीय, वैज्ञानिक तथा जीवनोेपयोगी बनाउने उदेश्यले उक्त विश्वविद्यालय स्थापना गरेको हो ।
प्रदेश नं १ सरकारले यस प्रदेशको आर्थिक उन्नति, प्रगति र समृद्धिका लागि चाहिने दक्षजनशक्ति उत्पादन गर्ने मनसायले स्थापना गरिएको विश्वविद्यालय नेपालकै पहिलो प्राविधिक विश्वविद्यालय बनेको छ ।
तीन वटा स्कुल क्रमशस् स्कुल अफ इञ्जिनियरिङ, स्कुल अफ एप्लाईड साइन्स एण्ड टेक्नोलोजी र स्कुल अफ मेडिसिन एण्ड इलाईट हेल्थ साइन्सेज सञ्चालन हुने बताइएको छ ।
चालू आवमा स्कुल अफ इञ्जियिरिङअन्तर्गत स्नातक तटहको बी ई इन सिभिल इञ्जिनिययिरिङ र बी ई इन इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स ईन्जिनियरिङ पठ्क्रम सञ्चालन गरी विश्वविद्यालयलाई विधिवत्रुपले सञ्चालनमा ल्याइने भएको छ ।
तपाइँको प्रतिक्रीया