२०८१ असोज २९ मङ्गलबार

भोलि बस्ने संसद बैठक पनि एमालेले अवरोध गर्ने

  • admin २०७८ फागुन ३ मङ्गलबार
sf7df8f}F, @# ebf}M k|ltlglw;ef a}7s cj?4 Joj:yflksf ;+;b k|f/De x’g ;fy k|d’v k|ltkIf bn g]skf -Pdfn]_sf ;f+;bx? ;+;bsf] a}7s cj?4 ub}{ . tl:a/ /Tg >]i7÷/f;;

काठमाडौं : प्रमुख प्रतिपक्षी दल एमालेले बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा अवरोध गर्ने भएको छ । एमाले विभाजनमा सभामुख अग्निप्रसाद सापकोटाको भूमिका रहेको भन्दै एमालेले निरन्तर संसद बैठक अवरोध गर्दै आएको छ ।

बुधबार बस्ने संसद बैठकमा सरकारले एमसीसी पेस गर्ने तयारी गरिएका बेला एमालेले अवरोध गर्ने भएको हो । ‘हामीहरूको माग पूरा भएको छैन । बुधबार बस्ने संसद बैठक पनि एमालेले अवरोध गर्छ,’ एमाले सांसद शेरबहादुर तामाङले भने ।

एमालेको अवरोधका बीच पनि सभामुख सापकोटाले एमसीसी सम्झौता अनुमोदनका लागि पेस गर्ने सम्भावना रहेको उनले बताए ।

‘हाम्रो अवरोधकैबीच पनि सरकारले एमसीसी प्रस्ताव टेबुल गराएर सभामुख सापकोटाले प्रक्रिया अघि बढाउने सम्भावना छ,’ सांसद तामाङले न्युज कारखानासँग भने ।

आफूले पदमुक्त गरेका १४ जना सांसदको कारबाहीको सूचना जारी नगरेर सभामुख सापकोटाले एमाले विभाजनमा भूमिका खेलेको भन्दै एमालेले निरन्न्तर संसद बैठकमा अवरोध गर्दै आएको छ ।