२०८१ भाद्र २८ शुक्रबार

मधेश सरकारको चार वर्षे उपलब्धि : प्रदेशको नामाकरणदेखि मोदी भ्रमणसम्म

  • २०७८ फागुन ३ मङ्गलबार

काठमाण्डौं : मधेश सरकारले प्रदेशको नामाकरण र स्थायी राजधानी तोकिएको कार्यलाई महत्वपूर्ण राजनीति उपलब्धिको सूचीमा राखेको छ ।

प्रदेश सरकारको चार वर्षे कार्यकाल पूरा गरेपछि आफ्नो उपलब्धि सार्वजनिक गर्दै मधेश सरकारले प्रदेशको नामाकरण मधेश प्रदेश र राजधानी जनकपुरधाम कायम गराउन सफल भएको कार्यलाई महत्वपूर्ण राजनीतिक उपलब्धिको रुपमा लिएको उल्लेख गरेको छ ।

प्रदेशको निशाना छाप तथा स्थायी राजनीतिका संरचनाहरु निर्माणका लागि जग्गा पहिचान तथा संरचना निर्माणका लागि उच्च स्तरीय समितिसमेत गठन गरी कार्य अघि बढाएको सरकारले मंगलबार पत्रकार सम्मेलन गरी जनाएको छ ।

यस्तै उसले चार वर्षे उपलब्धिको सूचीमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी तथा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको भ्रमणलाई पनि राखेको छ ।

यस अवधिमा प्रादेशिक स्वायततका लागि संघीय सरकारविरुद्ध ६ वटा मुद्दा सर्वोच्च अदालतमा दर्ता गरेको, हालसम्म ४४ वटा ऐन, ३ वटा नियमावली र ११ वटा कार्यविधिरमापदण्डरनिर्देशिकाहरु निर्माण भएको प्रदेश सरकारले जनाएको छ ।