२०८१ असार ६ बुधबार

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा यान्त्रिक परीक्षण उडान हुने

  • २०७८ फागुन ३ मङ्गलबार

काठमाण्डौ : भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा यही फागुन ६ गतेदेखि १५ गतेसम्म यान्त्रिक परीक्षण उडान हुने भएको छ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको यो विमानस्थलमा १० दिनसम्म यो उडान सञ्चालन हुन लागेको हो ।

प्राधिकरणले आज मङ्गलवार सार्वजनिक सूचना प्रकाशित गरी ुक्यालिब्रेशन फ्लाइटु हुन लागेको जानकारी दिएको हो । उडानको जिम्मेवारी एरोनटिकल रेडियो अफ थाइल्याण्ड ९एरो थाई० ले पाएको छ ।

एरो थाईको जहाज फागुन ५ गते काठमाण्डौमा रहेको त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा अवतरण गर्नेछ । काठमाण्डौबाट भैरहवाका लागि उडान भरेर उडान गर्ने जनाइएको छ ।

गौतमबुद्ध विमानस्थलको भौतिक निर्माण तथा उपकरण जडानसम्बन्धी काम सम्पन्न भइसकेको छ ।

उडानका समयमा गौतमबुद्ध विमानस्थलमा उडान तथा अवतरण समय ढिलो हुने भएकाले सम्बन्धित वायु सेवा कम्पनी तथा यात्रुलाई पर्न गएको असुविधाप्रति प्राधिकरणले क्षमा मागेको छ ।

परीक्षण उडानपछि यो विमानस्थमा व्यावसायिक उडान गर्ने तयारी गरिएको छ ।