२०८१ असार १२ मङ्गलबार

नेपाल इन्जिनियर्स एशोसिएसनको चुनाव फागुन २७ मा हुने

  • २०७८ फागुन ३ मङ्गलबार

काठमाण्डौं : नेपाल इन्जिनियर्स एशोसिएसन (नेइए)को ३३ औं केन्द्रिय कार्यकारिणी समिति तथा ७ ओटै प्रदेशको दोस्रो कार्यकारिणी समितिको निर्वाचन आगामी फागुन २७ गते हुने भएको छ ।

नेइए निर्वाचन समितिले आज एक सुचना जारी गर्दै चुनावबारे यस्तो जानकारी गराएको हो ।

साथै, काठमाण्डौं मतदान केन्द्रको हकमा भृकुटीमण्डप, प्रर्दशनी मार्ग र अन्य मतदान केन्द्रहरुको हकमा भने पहिलाकै निर्णय तथा तोकिएअनुसार हुने भएको एशोसिएसनले जनाएको छ ।

कोरोना भाइरसको संक्रमण जोखिम भएको र सरकारले समेत विभिन्न आदेश जारी गरेको कारण देखाउँदै नेइए निर्वाचन समितिले गत माघ ७ मा हुने निर्वाचन स्थगित गरेको थियो ।

चुनावको मिति तोकिएसँगै उम्मेद्वारहरु उत्साहको साथ चुनावी मैदानमा होमिएका छन् ।