२०८१ असार २ शनिवार

उपत्यकासहित देशका धेरै ठाउँमा सामान्य रुपमा गाडी चल्दै, सडक र चोकचोकमा सुरक्षाकर्मी

  • २०७८ फागुन ४ बुधबार

काठमाण्डौ : काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा सामान्य रुपमा गाडी चलिरहेका छन् ।

सडक र चोकचोकमा सुरक्षाकर्मी खटिएका छन् । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीसँगको सम्झौताको विरोधमा आज मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी नेत्रविक्रम चन्द नेतृत्वको नेकपालगायतका कम्युनिष्ट पार्टी र मोर्चाले बन्द आह्वान गरेकाले सडकमा सुरक्षाकर्मीको परिचालन बढाइएको हो ।

प्रहरीकाअनुसार यतिबेला सामान्य तरिकाले गाडी गुडिरहेका छन् । प्रहरीले ढुक्क भएर गाडी चलाउन आग्रह गरेको छ ।

विराटनगर, बुटबल, नेपालगञ्ज, धनुषा, धनगढी लगायतका मुख्य शहरमा गाडी सामान्य चलिरहेका त्यहाँ रहेका जनाएका छन् । दाङमा भने बन्दको केही प्रभाव परेको छ । दाङमा लामो तथा छोटो दुरीका गाडी चल्न सकेका छैनन् ।