काठमाण्डौं : खोटाङमा एमसीसी सम्झौताको विरुद्धमा बन्द गराउँदै हिँड्ने पाँच बन्दकर्ता पक्राउ परेका छन् ।
एमसीसी सम्झौता विरुद्ध मोहन वैद्य नेतृत्वको नेकपा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल
नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी, कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी तथा
सीपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चा नेपालले देशव्यापी आव्हान गरेको बन्द सफल बनाउन हिँडेका पाँच बन्दकर्तालाई दिक्तेलबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी उमेश लम्सालले बताए ।
मोहन वैद्य नेतृत्वको नेकपाका नेता झमप्रसाद आचार्य, नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता सुदीप शर्मा लागायत पाँच जनालाई पक्राउ गरिएको छ ।
मध्यपहाडी लोकमार्गमा यातायात बन्द गराउँदै हिँडिरहेको अवस्थामा पाँच जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
जिल्लामा एमसीसी सम्झौता विरुद्ध आव्हान गरिएको बन्दको प्रभाव सबैभन्दा बढी शैक्षिक संस्थामा परेको छ ।
तपाइँको प्रतिक्रीया