२०८१ असोज २९ मङ्गलबार

सेयर कारोवार नेप्से परिसुचक ओरालो

  • २०७८ फागुन ४ बुधबार
Frustrated business man looking at the falling graph of a stock market struck in financial crisis

काठमाडौं : सेयर बजार  नेप्से परिसूचक  बुधबार ओरालो लागेको छ । एमसीसी संसदबाट पास गर्ने–नगर्ने अन्यौलका बीच सेयर लगानीकर्ता समेत पर्ख र हेरको अवस्थामा रहँदा बजार ओरालो लागेको देखिन्छ ।

बुधबार १९।८४ अंकले घटेको बजार २७३४।४४ विन्दुमा आएर रोकिएको छ । एमसीसी संसदमा टेबुल हुने खबरले मंगलबार भने बजार दोहोरो अंकले बढेको थियो ।

बुधबार कुल २३१ कम्पनीको ३९ हजार ६ सय ६८ वटा कारोबारबाट ५६ लाख ५२ हजार १ सय ८२ कित्ता सेयर मात्र किनबेच भएको छ । बुधबार कारोबार रकम ३ अर्ब २ करोड ६३ लाख रुपैयाँ मात्र भएको छ ।

बुधबार अन्य र जीवन बीमा उपसमूहबाहेक सबै उपसमूह राताम्य भए । घटेको बजारमा समेत बुधबार गुराँस लघुवित्त, ज्योती लाइफ इन्स्योरेन्ससहितका कम्पनीको मूल्य घेरै बढ्यो । बुद्धभूमि नेपाल हाइड्रो, मैलुङखोला जलविद्युत, सिंगटी जलविद्युतसहितका कम्पनीको सेयर मूल्य धेरै घटेको छ ।