२०८१ चैत ३ सोमबार

सराङकोटमा निर्मित २ अर्बको केवलकार सञ्चालनको अन्तिम चरणमा

  • २०७८ फागुन ४ बुधबार
cGgk”0f{ s]jnsf/af6 b]lvPsf] km]jftfnsf] b[Zo sf:sL, $ kmfu’g M kf]v/f dxfgu/kflnsf–!* sf] ;]bLb]lv ;/fªsf]6;Dd b’O{ xhf/ @^% ld6/ nfdf] …cGgk”0f{ s]jnsf/Úaf6 b]lvPsf] km]jftfnsf] b[Zo . oxL kmfu’g ^ ut]b]lv s]jnsf/sf] Jofj;flos ;]jf ;~rfng ug]{ tof/L ul/Psf] 5 . t:jL/ M s[i0f bjf8L÷/f;;

काठमाडौं :  पर्यटकीय नगरी पोखरामा थप एक आकर्षण थपिएको छ । मुलुककै चौथो केवलकार परियोजनाका रुपमा पोखरा महानगरपालिकामा ‘अन्नपूर्ण केवलकार’ व्यवसायिक सञ्चालनका लागि तयार भएको हो ।

अन्नपूर्ण केवलकार प्रालिका सिनियर अपरेशन अफिसर डीएन कायस्थका अनुसार अब पोखरा महानगरपालिका–१८ स्थित सेदीबाट सराङकोटसम्म केवलकारमा यात्रा गर्न सकिने छ । कुल २.१६ किलोमिटर लामो यो केवलकारमार्फत फेवाताल किनारबाट ९ देखि १० मिनेटमा सराङकोट पुग्न सकिने भएको छ ।

‘फेवाताल हेर्दाहेर्दै एकै पटक हिमाली दृश्यावलोकन गर्न सकिनु यो केवलकारको विशेषता हो,’ कायस्थले भने । केवलकारमा शुक्रबारबाट यात्रुले टिकट काटेरै यात्रा गर्न सक्ने छन् ।

लगानी करिब २ अर्ब

अन्नपूर्ण केवलकारका लागि करिब २ अर्ब रुपैयाँ लगानी लागेको कम्पनीले जनाएको छ । केवलकारको टप स्टेशनमा जिपलाइन, रक क्लाइमिङ, रेष्टुरेन्टसहितका सुविधा रहेका छन् ।

तल्लो स्टेशनमा समेत रेष्टुरेन्ट सुविधा हुने कायस्थले जानकारी गराए । टप स्टेशनबाट तल फेवातालसहित पोखराको दृश्य अवलोकन गर्न सकिने छ । टप स्टेशनबाट सामुन्नेमा हिमालहरु अवलोकन गर्न सकिने छ । पोखरा घुम्न आउने पर्यटकको बसाइलाई थप एक दिन लम्ब्याउन केवलकारले भूमिका खेल्ने अपेक्षा रहेको उनले बताए । निर्माण सुरु भएको ५ वर्षको अवधिपछि निर्माण पूरा भएको हो । बीचमा कोरोना भाइरस (कोभिड-१९) को महामारीले केही समय काम प्रभावित भएको उनले बताए ।

नेपालकै चौथो केवलकार

अन्नपूर्ण केवलकार नेपालको सञ्चालनमा आएको चौथो केवलकार परियोजना बन्न सफल भएको छ ।

नेपालमा साढे दुई दशक अगाडि मनकामना केवलकार सुरु भएको थियो । त्यसपछि दोस्रो आयोजना चन्द्रागिरि केवलकार हो । तेस्रो परियोजना कालिञ्चोक केवलकार हो । चौथो परियोजनाका रुपमा सराङकोटमा अन्नपूर्ण केवलकार सञ्चालनमा आएको हो ।