२०८१ असार ६ बुधबार

उदयपुरमा १०९ घरलाई रोजगारी

  • २०७८ फागुन ४ बुधबार

काठमाडौं :  उदयपुरको त्रियुगा नगरपालिका १६ मा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत १०९ घरका परिवारलाई रोजगारको व्यवस्था गरिएको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०७८-०७९ को बजेटमा आधारित १६ नम्बर वडाका चार सडक योजना मार्फत यो क्षेत्रका १०९ घर परिवारलाई रोजगार व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ ।

मङ्गलबार चार सडक निर्माण योजनाको नगर प्रमुख देवीकुमारी चौधरीले शिलान्यास गरेपछि यो सडक योजनामा यस क्षेत्रका १०९ घरपरिवारलाई रोजगारसहित परिचालन गरिएको वडाध्यक्ष मानबहादुर राईले बताइन् ।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत यस क्षेत्रका महिला, दलित र जनजाति तथा पिछडा र विपन्न वर्गका युवा तथा महिलालाई प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत पहिलो पटक रोजगारी प्रदान गरिएको हो ।