काठमाण्डौं : सोलुखुम्बुको सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रबाट पासो र गुलेलीसहित २ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा महाकुलुङ गाउँपालिका ४ गुदेलका ४० वर्षीय मोतिनन्द राई र थुलुङ दुधकोशी गाउँपालिका ८ देउसाका २७ वर्षीय कमल रसाईली रहेका छन् ।
उनीहरुलाई लुक्ला मध्यवर्ती सामुदायिक वन क्षेत्रबाट २१ थान पासो र एक थान गुलेली सहित गत शनिबार पक्राउ गरिएको निकुञ्जका सुचना अधिकारी विष्णु रोकायले जानकारी दिए ।
उनका अनुुसार पक्राउ परेका दुवै जनालाई निकुञ्जको हिरासतमा राखेर अनुसन्धान भइरहेको छ ।
तपाइँको प्रतिक्रीया