काठमाण्डौं : निर्वाचन आयोगले स्थानीय तहको चुनावका लागि दल दर्ता गर्न आह्वान गरेको छ ।
आयोगले आउँदो वैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि आजदेखि १५ गतेसम्म दल दर्ता गर्न समय दिएको छ ।
आयोगले दल दर्ता निवेदनको ढाँचा आफ्नो वेबसाइटमा राखेको छ । निर्वाचन आयोगमा अहिले एक सय ६ वटा दल दर्ता भएका छन् । यी दलले चुनावका लागि छुट्टै दर्ता गर्नुपर्ने छ ।
तपाइँको प्रतिक्रीया