२०८१ भाद्र २४ सोमबार

कपालको चाँया हटाउने काइदाका उपायहरु

  • २०७८ फागुन ५ बिहीबार

काठमाडौं  :  प्राय धेरैजसो मानिसहरुको समस्या कपालमा चाँया परेर हैरान पारी रहेको हुन्छ ।

शरिर सफा गरी आकर्षक बनेर हिडे पनि चाँया देखिएमा लाज नै हुन्छ ।

चाँया देखिएमा लुकाउन निकै अफ्ठ्यारो हुन्छ ।

कपाल सुख्खा हुने वा टाउको चिलाउने भएमा धेरैले तेल लगउने गर्छन् ।

तर कपालमा चाँया छ भने तेल लगाउदा झन कपाल झार्ने समस्या हुन्छ ।

कपालमा लामो समयसम्म तेल राखेमा कपालको चमक हराउने पनि हुन्छ । त्यसैले यदि तपाईको टाउकोमा चाँया परेको छ भने हटाउने उपायहरु पनि छन् ।

यदि कपालमा चाँया परेमा नुहाउनुअघि तालुमा कागतीको रसले मालिस गनहोस् ।

त्यसपछी कपाललाई १५–२० मिनेट राम्ररी पखाल्नुहोस् चिपचिप हट्ने गरी मज्जाले पखाल्दा चाँया पनि भाग्छ ।

साथै चमक पनि आउछ । अर्को उपाय के छ भने नुहाउनु भन्दा अघि तालुमा एलोभेराको जेल लगाएर मालिस गर्नुहोस् ।

एलोभेराको जेल लगाएर २० मिनेटसम्म छाड्नुहोस् र कपाललाई स्याम्पुले मज्जाले धुनुहोस् ।

त्यस्तै अमिलो  दहीमा थोरै पानी मिसाएर कपालमा लगाएर ३० मिनेट राखि धुनुहोस् । त्यसपछी स्याम्पुले पखाल्नुहोस् । यस्तो हप्ताको दुई पटक गर्दा राम्रो हुन्छ ।

नरिवलको तेल र कपुर मिलाएर मसाज गरी नुहाउदा पनि चाँया हट्छ ।