२०८१ असार ६ बुधबार

भारतको कुशीनगरमा १३ जनाको मृत्यु

  • २०७८ फागुन ५ बिहीबार

काठमाडौं  : भारतको कुशीनगरमा इनारमा खसेर १३ जनाको ज्यान गएको छ ।

ज्यान गुमाउनेमा महिला र किशोरी रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

विवाह समारोहमा विधिका लागि इनारको रिङमा राखिएको जालीमा पूजा गर्न बसेका उनीहरु जाली भाँचिदा इनारमा खसेका हुन् ।

इनारमाथि राखिएको जालीले भार थेग्न नसक्दा भाँचिएको स्थानीय अधिकारीलाई उदृत भारतीय सञ्चार माध्यमले जनाएका छन् ।उक्त घटनामा अरु केही नागरिक घाइते भएका छन् ।