काठमाडौं : काठमाडौं महानगरपालिका–१६ नयाँ बजार मेडिकल चोक एरियाबाट नक्कली नेपाली नोटसहित ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा काठमाडौं नयाँ बजार बस्ने रौतहट गौर नगरपालिका–१२ घर भएका २८ वर्षीय पृथ्वी प्रसाद साह, रौतहट राजपुर नगरपालिका ३ घर भएका २७ वर्षीय मोहम्मद मुसरफ अली, रौतहट राजपुर नगरपालिका ६ घर भएका ३० वर्षीय असरफ अली सहिद र रौतहट गौर नगरपालिका–९ घर भएका २८ वर्षीय महमद शम्साद आलम छन् ।
बुधबार दिउँसो प्रहरीले उनीहरुलाई १ हजार दरका २ सय ९४ थान नक्कली नेपाली नोट पक्राउ गरेको थियो ।
उक्त स्थानमा नक्कली नोटको अवैध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उक्त परिमाणको नक्कली नेपाली नोट सहित फेला पारी उनीहरुलाई पक्राउ गरिएको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ ।
तपाइँको प्रतिक्रीया