२०८१ असार १२ मङ्गलबार

देउवा र र्‍याण्डीबीच भेटवार्ता

  • २०७८ फागुन ५ बिहीबार

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा र नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीबीच भेटवार्ता भएको छ ।

बुधबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री देउवा र राजदूत बेरीबीच भेटवार्ता भएको हो ।

सरकारले बुधबार अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा टेबल गर्ने तयारी गरेको थियो ।

तर सत्तारुढ गठबन्धनमा रहेका दलहरुबीच सहमति हुन नसकेपछि एमसीसी टेबल हुन सकेन ।

संसदमा एमसीसी टेबल नभएपछि बुधबार साँझ नै अमेरिकी राजदूतले प्रधानमन्त्रीसँग भेट गरेका हुन् ।

प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले अमेरिकी राजदूतसँग भेट भएको पुष्टि गरे ।