२०८१ भाद्र २८ शुक्रबार

देउवा द्धारा प्रचण्डका लागी ३ विकल्प

  • २०७८ फागुन ५ बिहीबार

काठमाडौं :  प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन  एमसीसी संसदमा टेबल गरिछाड्ने बताएका छन् । देउवाले एमसीसी संसदमा टेबल गर्न सहयोगका लागि सत्ता साझेदार दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह समेत गरेका छन् ।

सत्ता साझेदार माओवादी केन्द्रले यथास्थितिमा एमसीसीको विपक्षमा उभिने निर्णय लिएपछि प्रधानमन्त्री देउवाले तीन वटा विकल्पबारे प्रचण्डसँग छलफल गरेका छन् । माओवादी संसदीय दलको बैठकपछि बुधबार मध्यान्ह बालुवाटार पुगेका प्रचण्डलाई देउवाले एमसीसीमा मौन बस्न, विपक्षमा उभिन र सरकार छोड्न भए छोड्न तीन विकल्प राखेका थिए ।

देउवाले बुधबार साँझ आफू निकट मन्त्री र केही पदाधिकारीसँग प्रचण्डसँगको उक्त भेटवार्ताबारे बिफ्रिङ गरेका थिए । एमसीसी पारित गर्न साथ दिन नसक्ने भए पनि टेबल गर्ने वातावरण नबिथोल्न प्रचण्डसँग प्रधानमन्त्रीले आग्रह गरेको एक काँग्रेस नेताले बताए। ‘हामी कुनै पनि हातमा एमसीसी टेबल गराउन चाहन्छौं । त्यसका लागि प्रधानमन्त्रीज्यूले प्रचण्डजीलाई तीन विकल्प दिनु भएको छ,’ उनले भने ।

यस्तै एमसीसीको विपक्षमा विपक्षमा मतदान गर्ने भए पनि संसदमा उपस्थिति भएर विपक्षमा मतदान गर्न प्रचण्डलाई देउवाले दिएको दोस्रो विकल्प छ । एमसीसी टेबल गर्दा सरकार छाड्नुपर्ने अवस्था हो भने सत्ता छोडेर जाने भएपनि जान देउवाले तेस्रो विकल्पमा प्रचण्डसामु राखेको तीन नेताले सुनाए ।