२०८१ असार २ शनिवार

कांग्रेस १६ जिल्लाको अधिवेशन फागुन १५ मा

  • २०७८ फागुन ५ बिहीबार

काठमाण्डौ : नेपाली कांग्रेसले अधिवेशन हुन बाँकी १६ जिल्लाको अधिवेशन दुई दिन पछाडि सारेको छ ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिले यसअघि फागुन १३ गते निर्धारण गरेको अधिवेशन दुई दिनपछि अर्थात् १५ गते गर्ने निर्णय गरेको हो ।

निर्वाचन समितिका सचिव केशव रिजालले नेपाल बारको सम्मेलन चलिरहेको, १३ गते महेन्द्रनारायण निधिको जन्मजयन्ति परेकाले अधिवेशन दुई दिन पर सारिएको बताए ।

कांग्रेसको सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, सिन्धुपाल्चोक, चितवन, मकवानपुर, नवलपुर, बाँके, अछाम र कैलाली जिल्लामा अधिवेशन हुन बाँकी छ ।