२०८१ असार ६ बुधबार

शेयर बजार आज पनि ओरालो

  • २०७८ फागुन ५ बिहीबार
Frustrated business man looking at the falling graph of a stock market struck in financial crisis

काठमाण्डौ : शेयर बजार परिसूचक नेप्से आज बिहीवार पनि घटेको छ । नेप्से आज एक दशमलव ९३ अङ्कले घटेर दुई हजार सात सय ३२ दशमलव ५२ विन्दुमा झरेको छ ।

आज व्यापार, जलविद्युत्, उत्पादन र म्युचुल फन्ड समूहको शेयर सामान्य बढेको छ भने अरू समूहको शेयर सामान्य ओरालो लागेको छ ।

आज बजारसँगै कारोबार रकम पनि घटेको छ । दुई सय २७ कम्पनीका ४० लाख १७ हजार कित्ता शेयर दुई अर्ब २७ करोड ७८ लाख रुपैयाँमा कारोबार भएको छ ।

सबैभन्दा धेरै जीवन विकास लघुवित्त संस्थाको २२ करोड ३७ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।