२०८१ माघ ६ आइतबार

बलिङ चम्किँदा नेपालको विजय सुरु

  • २०७८ फागुन ६ शुक्रबार

काठमाण्डौं : ओमानमा जारी टी २० विश्वकप ग्लोबल क्वालिफायर अन्तर्गत नेपालले पहिलो खेलमा जित हात पारेको छ । नेपालले घरेलु टोली ओमानलाई ३९ रनले पराजित गरेको हो ।

नेपालले दिएको ११८ रनको लक्ष्य पछ्याएको ‌ओमान १७ ओभरमा ७१ रनमै अलआउट भएका थिए । ओमानका लागि मध्यक्रमका नासिम खुसीले २४ रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकको स्कोर बनाउन सकेनन् । जतिन्दर सिंह र अरिम कलिमले समान ९/९, खवार अलीले ७ रन मात्र बनाउन सफल भए ।

सुरुवातदेखि नै उत्कृष्ट बलिङ प्रदर्शन गरेको नेपालका लागि कमल सिंह ऐरीले ३ विकेट, कप्तान सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले समान २/२ विकेट तथा अविनाश बोहरा र जितेन्द्र मुखियाले १/१ विकेट लिए ।

यसअघि ओमानको अल अमिरात रंगशालामा टस हारेर ब्याटिङ गरेको नेपालले ८ विकेट गुमाएर ११७ रन बनाएको थियो । नेपालका लागि आरिफ शेखले सर्वाधिक ३८ रन बनाए ।

आसिफ शेख पहिलो ओभरमै ४ रनको व्यक्तिगत स्कोरमा आउट भए । तेस्रो ओभरमा अर्का ओपनर कुशल भुर्तेल पनि ५ रनको स्कोरमा आउट भए । दुवैलाई ओमानका तीव्र बलर विलाल खानले क्याच आउट गराएका हुन् । नेपालले समूहको आफ्नो दोस्रो खेल भोलि शनिबार फिलिपिन्ससँग खेल्नेछ ।