२०८१ माघ ६ आइतबार

साउदी स्थित नेपाली दुतावासले विद्युतीय राहदानीको लिने भयो आवेदन

  • २०७८ फागुन ६ शुक्रबार

काठमाण्डौ : साउदीमा रहेको नेपाली दूतावासले आउँदो आइतबारदेखि विद्युतीय राहदानीको आवेदन लिने भएको छ ।

आउँदो आइतबार अर्थात् फेब्रुअरी २० देखि विद्युतीय राहदानीको आवेदन लिने र आवेदन दिन दूतावास जाँदा अनिवार्य रूपमा प्री इनरोलमेन्ट गर्नपर्छ ।

प्री इनरोलमेन्ट गरेर जाने आवेदकहरूको मात्र विद्युतीय राहदानीका लागि आवश्यक बायोमेट्रिक विवरणसहितको लाइभ इनरोलमेन्ट प्रक्रिया अघि बढाइने सूचनामार्फत दूतावासले जनाएको छ ।

प्रारम्भिक चरणमा सीमित बुकिङ खुला गरिएको भन्दै दूतावासले अहिले राहदानीको अवधि सकिएका वा ६ महिनाभन्दा कम अवधि रहेकाहरूलाई मात्र आवेदन दिन अनुरोध गरेको छ ।

साउदी अरबबाटै विद्युतीय राहदानीको लागि आवेदन दिनेले राष्ट्रिय परिचयपत्र नम्बर राख्न पर्दैन । दूतावासमा जाँदा प्री इनरोलमेन्ट गर्दा प्राप्त भएको बारकोडसहितको फारम डाउनलोड गरी प्रिन्ट गरेर लिएर जान पर्छ ।

यसका साथै दूतावासमा जाँदा आफ्नो गाउँपालिका, नगरपालिका वा उप महानगर र महानगरपालिका जे हो त्यसको वडा नम्बर, बुवा आमाको सम्पर्क नम्बर र विवाहितहरूको हकमा श्रीमतीको पनि सम्पर्क नम्बर दूतावासले माग्ने छ।

प्री इनरोलमेन्ट गर्दा नै दूतावासले लाइभ इनरोलमेन्टका लागि समय दिएको हुन्छ । त्यही तोकिएको मिति र समयमा दूतावासमा जानपर्छ । राहदानी नवीकरणका लागि दुई सय साउदी रियाल लाग्ने छ भने पहिलेको राहदानी चोरी भएको, हराएको, च्यातिएको वा कुनै कारणले काम नलाग्ने भएको भएमा ४ सय साउदी रियाल लाग्ने छ ।