२०८१ असार ६ बुधबार

एमसीसी पास भए युद्धको खतरा हुन्छ : सिपी गजुरेल

  • २०७८ फागुन ६ शुक्रबार

काठमाडौं : देशभक्त जन गणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेलले एमसीसी पास भए देश गृहयुद्धमा जानसक्ने बताएका छन् ।

शुक्रवार एमसीसीको विपक्षमा रहेका विभिन्न पार्टी तथा भातृ संगठनहरुले काठमाडौंमा गरेको बिरोध प्रदर्शनका क्रममा बोल्दै अध्यक्ष गुजरेलले एमसीसी संसदबाट पास भए राष्ट्रिय युद्धको खतरा रहेको बताएका हुन् ।

उनले नेपाली काँग्रेस प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग मिलेर एमसीसी पास गराउने षड्यन्त्रमा लागिरहेको आरोप लगाउँदै एमसीसी पास भएमा देशमा विकराल अवस्था सिर्जना हुने दाबी गरे ।

अध्यक्ष गजुरेलले कतिपयले एमसीसीलाई ५० करोड डलरमा मात्रै सिमित गरिरहेको भन्दै युद्धलाई पैसाले रोक्न नसकिने जिकिर गरे ।

उनले प्रधानसेनापतिले पूर्वमा गएर देश विदेशीको हातमा सुम्पिए नेपाली सेना चुप लागेर नबस्ने बताएको भन्दै नेपालको राष्ट्रिय स्वाधीनतामाथि बाह्य हस्तक्षेप भयो भने राष्ट्रिय युद्ध हुनसक्ने बताए ।