२०८१ चैत ३ सोमबार

सत्ता गठबन्धनमा बहसै बहस, अप्ठ्यारोमा देउवा, ओलीलाई सहज

  • २०७८ फागुन ६ शुक्रबार

काठमाण्डौं : अमेरिकी सहायता मिलेनियम च्यालेञ्ज कर्पोरेसन एमसीसीले सत्ता गठबन्धनमा पैदा भएको मतभेदले मुलुकको राजनीति तरंगित छ ।

गठबन्धनभित्रको एमसीसी रोक्ने र पास गर्ने गठबन्धन गलफतीले राजनीति तातेको हो । सत्ताको नेतृत्व गरेको नेपाली काँग्रेस एमसीसी कुनै हालतमा पास गर्ने प्रयासमा छ भने माओवादी केन्द्र यथास्थितिमा यसलाई रोक्न चाहन्छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यथास्थितिमा एमसीसी अगाडि बढाए सरकार छोडिदिने चेतावनी दिएका छन् । यता प्रधानमन्त्री शेरबहादुर देउवा पनि एमसीसी पास गर्न गठबन्धन तोड्न तयार नै देखिएको अवस्था छ ।

यसले सात महिनाअघि सत्ताबाट बहिर्गमन भएको एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सहजता प्रदान गरेको देखिन्छ ।एमसीसी र वर्तमान सरकारको भविष्यमाथि खतरा पैदा भएपछि देउवाले ओलीको साथ खोजेका छन् । तर, ओलीको छिर्के दाउ भने बेग्लै रहेको काँग्रेस नेताहरु बताउँछन् ।

health

अप्ठ्यारोमा देउवा, ओलीलाई सहज

एमसीसीले गठबन्धनमा निम्त्याएको सकसले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सहजता देखिएको छ । ‘अहिले ओलीलाई सहजता छ । न उनी एमसीसीको पक्षमा उभिए, न विपक्षमा,’ ओलीसँगको संवादमा रहेका काँग्रेसका एक नेताले भने, ‘एमसीसीको विषयले गठबन्धन टुट्ने अवस्थामा ओलीले आफैं सरकार बनाउन खोजेको संकेत दिनुभयो ।’

ती नेताका अनुसार एमसीसीको विपक्षमा उभिएर सबै कम्युनिस्ट एक ठाउँमा आउन सक्ने सम्भावनाको ढोका खुला छ । देउवा नेतृत्वको सरकार संविधानको धारा ७६ को धारा ५ अनुसार बनेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले साथ दिए नयाँ सरकार बन्न सक्ने काँग्रेस नेताहरुमा डर छ ।

राष्ट्रपति अनुकूलको भएकाले सरकार ढालेर ओलीले आफ्नो नेतृत्वमा सरकार बनाउने देउवामा भय छ । ‘आइतबार गर र मरको अवस्थामा जान्छ । ओलीसँग कुरा मिलेको छैन,’ ती नेताले भने, ‘भोलि सरकार अल्पमतमा जान्छ ।’

गत असार २८ गते सर्वोच्च अदालतले दोस्रो पटक संसद पुनस्र्थापना गर्दा जारी परमादेशमा संसदमा पूर्ण कार्यकाल चल्नुपर्ने ब्याख्या गरिएको छ ।