काठमाण्डौं : माइक्रोसफ्ट कम्पनीका सह संस्थापक बिल गेट्सले शुक्रबार कोभिड १९ महामारीको खतरा नाटकीय रूपमा कम भएको बताउँदै अझै एउटा महामारीको खतरा भने बाँकी रहेको बताएका छन् । उनले थप एक महामारी आउन सक्ने र यसपटक अर्कै भाइरस हुने उनको दावी छ ।
आधुनिक मेडिकल प्रविधिले त्यस महामारीसँग लड्न मद्दत मिल्ने तर यसका लागि अहिलेदेखि नै लगानी गर्न आवश्यक रहेको बिल गेट्सको भनाइ छ ।
उनका अनुसार दुई वर्षमा कोरोना भाइरसका कारण वैश्विक आबादीमा कयौँ स्तरमा प्रतिरोधी क्षमता विकसित भएको र यही कारणले कोरोना भाइरसका नयाँ भेरियन्ट ओमिक्रोनको खतरा पनि कम भएको हो ।
तपाइँको प्रतिक्रीया