२०८१ असोज २८ सोमबार

रुस र युक्रेनको लुहान्स्कमा शक्तिशाली विष्फोट

  • २०७८ फागुन ७ शनिवार

काठमाण्डौं : रुस र युक्रेनबीच बढ्दो तनावकाबीच लुहान्स्कमा शक्तिशाली विस्फोट भएको छ ।

पूर्वी युक्रेनको लुहान्स्कमा ग्याँस पाइप लाइनको एक भागमा विस्फोटपछि आगो लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । रुस समर्थित समूहको पकड रहेका लुहान्स्कसहित केहीक्षेत्रमा विस्फोटका घटना हुन थालेपछि युक्रेनले ती क्षेत्रका बालबालिका र महिलालाई अन्य ठाउँमा पठाउन सुरु गरेको छ ।

यो घटनापछि अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले युक्रेनमा आक्रमण गर्ने अन्तिम योजनामा रहेको बताएको छ । अमेरिकी गुप्तचर निकायले गरेको विश्लेषण अनुसार रुसले युक्रेनको राजधानी कियभलाई निसाना बनाउने देखिएको बाइडेनको दाबी छ ।

रुसले अझै पनि समस्या समाधानका लागि कुटनीतिक बाटो खोज्न र रोज्न सक्ने र त्यो नै उत्तम विकल्प हुने बाइडेनले बताए ।