२०८१ असार ११ सोमबार

एमसीसी विवादका कारण देशको राजनीति जटिल मोडमा पुगेको मुख्यमन्त्री पाण्डेको भनाई

  • २०७८ फागुन ७ शनिवार

काठमाण्डौं : बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले नेपालको राजनीति जटिल मोडमा पुगेको बताएका छन् । ७२ औँ प्रजातन्त्र दिवसको अवसरमा प्रदेश सरकारद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले विदेशी अनुदानको विवादले देशको राजनीति जटिल अवस्थामा पुगेको उनको भनाई छ ।

उनले एमसीसीलाई लक्षित गर्दै भने ‘विदेशबाट आएको अनुदान सहायताको कारण हामी विवाद र अप्ठेरोपनाहरूलाई झेल्दै आएका छौँ । यसले देशको राजनीतिलाई नै जटिल मोडमा पुर्‍याएको छ ।

उनले वर्तमान गठबन्धनको सरकारले पहिले देखि नै देशको समस्याको समाधान गर्दै आएको भन्दै अहिलेको समस्या पनि समाधान गर्ने विश्वास व्यक्त गरेका छन ।