२०८१ माघ ६ आइतबार

आईसीसी टी २० विश्व कप क्रिकेटको ग्लोबल छनोट अन्तर्गत आज नेपालले फिलिपिन्ससँग खेल्दै

  • २०७८ फागुन ७ शनिवार

काठमाण्डौ : आईसीसी टी २० विश्व कप क्रिकेटको ग्लोबल छनोट अन्तर्गत आज नेपालले फिलिपिन्ससँग खेल्दैछ । ग्लोबल छनोटको दोस्रो खेलमा नेपालले आज फिलिपिन्ससँग खेल्न लागेको हो ।

टस हारेर नेपालले पहिला ब्याटिङ गर्दैछ । टस जितेर फिलिपिन्सले पहिला बलिङ रोजेको हो। खेल ओमानको अलअमिरात मैदानमा बिहान पौने १२ बजे सुरु हुँदैछ । फिलिपिन्ससँगको खेलमा गुल्सन झाले डेब्यु गर्दैछन् । नेपालले फिलिपिन्ससँग पहिलो पटक खेल्न लागेको हो ।

ग्लोबल छनोटमा आठ देश सहभागी छन् । आठ देशलाई दुई वटा समूहमा विभाजन गरिएको छ । आयरल्यान्ड, यूएई, बहराइन र जमर्नी समूह ‘ए’ मा र नेपाल, ओमान, क्यानडा र फिलिपिन्स समूह ‘बी’ छन् । समूह ‘बी’मा उत्कृष्ट रनरेटका साथ क्यानडा शीर्षस्थानमा छ । दुई समूहबाट शीर्ष दुईरदुई टोलीले सेमिफाइनलमा प्रवेश गर्न पाउने छन ।

नेपालले आफ्नो पहिलो खेलमा ओमानलाई ३९ रनले पराजित गरेको थियो । नेपालले फिलिपिन्सलाई पनि हराउन सके र आज नै हुने समूह ‘बी’ को अर्को खेलमा ओमान क्यानडासँग पराजित भए नेपाल एक खेल अगावै सेमिफाइनलमा पुग्नेछ ।