काठमाण्डौ : राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज विशेष कार्यक्रम गरिएको छ । प्रजातन्त्र दिवस, २०७८ मूल समारोह समितिले टुँडिखेलमा विशेष समारोहको आयोजना गरिएको हो ।
समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, सभामुख अग्निप्रसाद सापकोटालगायत सहभागी हुनुहुन्थ्यो ।
कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले युगान्तकारी राजनीतिक परिवर्तनलाई संस्थागत गरी अगाडि बढ्न आवश्यक रहेको बताएका छन ।
उहाँले प्रजातन्त्रकै जगमा लोकतन्त्र, गणतन्त्र र सङ्घीय शासन व्यवस्थासम्म आइपुगेको भन्दै अब सबै मिलेर थप सबल र सुदृढ बनाउन आवश्यक रहेकोमा जोड दिएका छन ।
समारोहलाई उत्सवमय बनाउन नेपाली सेनाले दुई वटा हेलिकप्टरबाट पुष्पवृष्टि गरेको थियो । नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीले मार्चपास गरेका थिए । ७२औँ प्रजातन्त्र दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
तपाइँको प्रतिक्रीया