२०८१ असार ६ बुधबार

बागमती प्रदेश सरकारले आयोजना गरेको कार्यक्रममा प्रमुख प्रतिपक्षी दल एमाले र सभामुखनै अनुृपस्थित

  • २०७८ फागुन ७ शनिवार

काठमाण्डौं : बागमती प्रदेश सरकारले प्रजातन्त्र दिवसको अवसरमा शनिवार आयोजना गरेको कार्यक्रममा प्रमुख विपक्षी दल नेकपा एमाले अनुपस्थित रह्यो ।

प्रदेश सरकारले तीन दिनसम्म प्रजातन्त्र दिवस मनाउने निर्णय गर्दै शनिबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रममा प्रमुख विपक्षी दल नेकपा एमाले अनुपस्थित भएको हो ।

कार्यक्रमस्थलमा गठबन्धनका मन्त्री, तथा सांसदहरूको मात्रै उपस्थिति रहेको थियो । विपक्षी एमालेसहित अन्य दलका नेता तथा सांसदहरू कार्यक्रम स्थलमा देखासमेत परेनन् ।