२०८१ माघ ५ शनिवार

एकीकृत समाजवादीको स्थायी कमिटीको बैठक जारी

  • २०७८ फागुन ७ शनिवार

काठमाडौं  : अमेरिकी सहयोग परियोजना एमसीसीबारे एकीकृत धारणा तय गर्न नेकपा एकीकृत समाजवादीको स्थायी कमिटीको बैठक जारी छ ।

बैठक नयाँबानेश्वरस्थित अर्याल होटलमा जारी छ ।

बैठकले एमसीसीबारे पार्टीको एकीकृत धारणा बनाउने नेता गंगालाल तुलाधरले जानकारी दिए ।

सत्ता गठबन्धनको बैठकमा र सार्वजनिक कार्यक्रमहरुमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र पार्टीका सम्मानित नेता झलनाथ खनालले एमसीसी जस्ताकोतस्तै संसदबाट पारित गर्न नहुने मत राख्दै आएका छन् ।